बिहीबारदेखि कार्यभार सम्हाल्ने

|

काठमाडौं : नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्री (आईजीपी) नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय लिएको हो। 

वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। 

नयाँ प्रहरी महानिरीक्षकका लागि दुई एआईजीपी थापा र हरिबहादुर पालको चर्चा थियो। आईजीपीको मुख्य प्रतिस्पर्धामा थापासँग हरिबहादुर पाल थिए। आईजिपी नियुक्तिसँगै रिक्त हुने एआईजीपीको दुई पदमा डिआईजीपीहरू निरज शाही, प्रद्युम्‍न कार्की र विश्‍वराज पोखरेल छन्। 

तीन डिआईजीपीमध्येबाट जो एआईजीपी हुन्छ, तिनैमध्ये एकजना २०७९ वैशाखमा प्रहरी महानिरीक्षक बन्‍ने छन्।  डिआईजीपीहरू शाही, कार्की र पोखरेलमध्ये दुईजना असार २५ पछि एआईजिपी बन्‍नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.