|

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ को असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ।

भोलि हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको छ। लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित भएको बताएको छ। 

मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र सो सम्बन्धि कार्यहरु स्थगित गर्ने निर्णय भएकाले सोही अनुसार गर्न संस्थानले आग्रह गरेको छ। 

असार १० गतेबाट निर्माणको काम सुरु भएको थियो। यसअघि लकडाउनका कारण चैत २८ मा पनि रथानिर्माणको काम स्थगित भएको थियो। 

वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ। 

यसअघि २०७२ सालमा भूकम्पका कारण तोकिएका मितिमा रथयात्रा भएको थिएन्। बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.