|

काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड १९ लाख ४१ हजार नाघेको छ। 

पछिल्लो २४ घन्टामा मात्रै विश्वभर २ लाख ६ हजार नयाँ संक्रमित थपिएका छन्। जसमध्ये सवैभन्दा धेरै संक्रमित अमेरिकामा थपिएका पुष्टि भएको छ। अमेरिकामा ५५ हजार २ सय भन्दा धेरै संक्रमित थपिएका समाचार एजेन्सीले जनाएका छन्।  ब्राजिलमा ४८ हजार पाँच सय संक्रमित थप भएका छन्।

भारतमा संक्रमितको दर बढ्दै गएको छ। त्यहाँ हिजो एकैदिन २३ हजार नयाँ संक्रमित थपिएका छन्। त्यस्तै रुसमा ६ हजार, मेक्सिकोमा झन्डै पाँच हजार, पेरुमा ३ हजार पाँच सय  र इरानमा २ हजार ६ सय ३७ जना थपिएका छन्।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ब्राजिलमा सवैभन्दा धेरै रहेको छ। त्यहाँ १३ सय भन्दा धेरै मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो अमेरिकामा ९७०, भारतमा ४७९, मेक्सिकोमा ४८०, रुसमा १९८, पेरुमा १८० र बेलायतमा १५५ जना भन्दा धेरैको मृत्यु भएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.