|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अमेरिकालाई अलग गर्न औपचारिक प्रक्रिया थालेका छन्।

कोरोना भाइरसको सुरुवातमै डब्लुएचओले चीनको पक्ष लिएको भन्दै ट्रम्पले उसको चर्को आलोचना गरेका थिए। यहीबीच डब्लूएचओबाट अलग हुने निर्णय गरेका उनले सम्बन्ध तोड्न औपचारिक प्रक्रिया थालेका हुन्।

युरोपियन युनियन र अन्य विभिन्न राष्ट्र र संघ–संस्थाले त्यसो नगर्न ट्रम्पलाई आग्रह गर्दै आएका छन्। तर उनले त्यसको बेवास्ता गर्दै संयुक्त राष्ट्र संघको एजेन्सीबाट अलग भएर त्यहाँ लगानी गर्ने गरिएको रकम अन्यत्र दिने बताएका छन्।

उनले आफ्नो मनसाय यूएन र कंग्रेसलाई जानकारी गराएका छन्। यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा १ वर्ष लाग्ने बीबीसीले जनाएको छ। 

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफन दुजारिकले डब्लूएचओबाट फिर्ता हुनेबारे जानकारी गराएको र यो ६ जुलाई २०२१ देखि कार्यान्वयनमा आउने जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.