|

काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले १२ किलो बारपाक सडकखण्डमा ठेकेदारले समयमै काम नगर्दा समस्या भएको बताएका छन्। बुधबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै उक्त सडक खण्डबारे सरकारलाई जानकारी गराएका हुन्। उनले ठेकेदारको हेलचेक्र्याइँका कारण जनताले सास्ती बेहोर्नु परेको बताए। 

‘बाह्रकिलो–बारपाक सडक खण्डको नयाँ साँघुदेखि झोलुंगेसम्मको बाटोको अवस्था नाजुक छ,’ उनले भने, ‘गोरखाको सबैभन्दा व्यस्त रहने मध्येको यो सडक अहिले कम सवारी चलेको बेलामा सरकारले मर्मत तथा निर्माणमा किन जोड दिएको छैन?’ 

सांसद दवाडीले निर्वाचन पूर्वाधार कार्यक्रमलाई सिंचाइ कार्यालयका कर्मचारीले आफ्नो जिम्मेवारी नभएको कार्यक्रमहरु भन्दै पन्छिएको पनि संसदलाई जानकारी  गराए। 
‘जिल्ला सिँचाइ डिभिजन कार्यालयका कर्मचारीहरूबाट किन निर्वाचन पूर्वाधार कार्यक्रमलाई वास्ता नगरेको भन्दा हाम्रो काम हैन भनेर हेर्न गएको छैन,’ गण्डकी प्रदेशमा कांग्रेसका संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले भने। 

उनले क्वारेन्टाइन र अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरूले अझै भत्ता नपाएको गुनासो गरेको पनि संसदलाई जानकारी गराए। गण्डकी प्रदेश सरकारले कोरोनाको परीक्षण गर्न पिसिआर मेसिनहरू खरिद गरी परीक्षणको दर बढाउनु पर्ने पनि उनले सुझाव दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.