|

दमक : नेपाल पत्रकार महासंघ झापा शाखाको १२ औं जिल्ला अधिवेशन फागुन ९ गते हुने भएको छ। यसअघि फागुन ७ गतेका लागि तोकिएको अधिवेशनको मिति महासंघ कार्यसमितिको बैठकले दुई दिन सार्ने निर्णय गरेको हो।

अधिवेशनको तयारी पूरा भए पनि केन्द्रीय कार्यालयबाट मतदाता नामावली र केन्द्रीय प्रतिनिधिको टुंगो नलागेकोले अधिवेशनको मिति सारिएको हो। नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्बन्धी अन्य प्रक्रिया अगाडि नै सुचारु भएपनि अधिवेशन उद्घाटन, बन्दसत्र र मतदान कार्यक्रम फागुन ९ गते नै सञ्चालन हुने महासंघ झापा शाखाका सचिव एकराज गिरीले जानकारी दिए।

निर्वाचन सम्बन्धी सबै कार्यक्रम शाखा कार्य समितिको समन्वयमा निर्वाचन समितिले निर्धारण गरे बमोजिम नै हुने निर्णय गरेको महासंघका उपाध्यक्ष तारामणि सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.