|

बैतडी : बैतडीमा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकु काठमाण्डौंमा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

पाटन नगरपालिका-१ का १८ वर्षीय र ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरू दुवै जना आइसोलेसनमा रहेको र स्वास्थ्यकर्मीहरूको नियमित सम्पर्कमा रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। उनीहरू दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। योसँगै पाटन नगरपालिकामा संक्रमितको संख्या १४ पुगेको छ। आज पुष्टि भएबाहेक अरू सबै डिस्चार्ज भइसकेका महराले जानकारी दिए।

जिल्लामा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६०, शिवनाथका ४८, दोगडाकेदारका ४३, सिगासका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका १४, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७  जनामा संक्रमण पुष्टि भएको छ। बैतडीमा गत जेठ ९ गते पहिलोपटक कोरोना संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.