|

काठमाडौं : ललितपुर र काठमाडौंमा बुधबार २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, र ललितपुरका २३ जना नयाँ संक्रमित थपिएका हुन्। 

गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना पुष्टि भएको छ।  त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १० जना,  र ललितपुरका ७ जना संक्रमित थपिएका हुन्। उता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भने बुधबार उपत्यकाका व्‍यक्तिहरू संक्रमित फेला परेका छैनन्।

सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ जनामा र मंगलबार २८ जनामा कोरोना देखिएको थियो। देशका अन्य भागमा कोरोना संक्रमित घट्दै गर्दा काठमाडौंमा भने कोरोनाको ग्राफ उकालो लागिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.