|

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा मुगुस्थित एउटा क्याम्पस भवन तयार भएको छ। भारतको तीन करोड ५० लाख ११ हजार आर्थिक सहयोगमा मुगुको रातापानीस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको बुधबार एक समारोहबीच उद्घाटन गरिएको हो।

उक्त भवनको गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिले बुधबार भिडियो कन्फरेन्समार्फत गरेका हुन्। 

सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो। विश्‍वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त यस क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध छ। 

क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ। हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाउँका विद्यार्थी अध्ययनरत यस क्याम्पसमा विद्यार्थीका लागि
छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो। यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको भारतीय दूतावासले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.