|

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका एकजना पाइलट र तीन उडान कर्मचारीसहित थप चारजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

संक्रमित चारजनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि लगिएको उनले बताइन्। यसअघि पनि एयरलाइन्सका तीन पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनीहरू सबै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्। एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ। खड्काका अनुसार उनीहरूलाई चारवटा उडानपछि पिसिआर परीक्षण गरेर घर पठाइने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.