|

काठमाडौं : सरकारले कोरोना परीक्षणको पिसिआर शुल्क नियम विपरीत उठाएको पाइएमा कारबाही गर्ने जनाएको छ।

सरकारको निर्देशिका अनुसारका सबै कोभिड-१९ सँग सम्बन्धित परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेकोले अनाधिकृत शुल्क लिएको पाइएमा कारबाही गरिने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनले भने,'केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहहरूसँग पिसिआर परीक्षण शुल्क माग गरेको बुझिएको छ। विद्यमान नियमानुसार कार्वाही गरिने व्यहोरा को जानकारी गराउँछु।'

पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए।

आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने २ सय ५३ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको  संख्या ७ हजार ७ सय ५२ रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.