|

भक्तपुर ः भक्तपुरमा मास्क नलगाई हिँड्डुल गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ। प्रहरीले भक्तपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको र प्रमुख जिल्ला अधिकारीले ऐन अनुसार प्रति व्यक्ति एक सय रुपैयाँ जरिवाना गरेर गरी छाडिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न गृहमन्त्रालय मंगलवार मास्क नलगाई घर बाहिर हिँड्डुल गर्ने व्यक्तिलाई कारवाही गर्न मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहतका प्रहरी इकाइलाई निर्देशन दिएको थियो। 

त्यही निर्देशन अनुसार प्रहरीले संक्रामक रोग ऐन २०२० अनुसार कारवाही तथा जरिवाना गर्न थालेको हो।

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.