|

सल्यान : जिल्लामा बुधबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ। कपुरकोट गाउँपालिका र शारदा नगरपालिकामा भएका घटनामा दुई जनाको ज्यान गएको हो।
बाख्रा चराउन जंगल गएका शारदा–१ भगवती खोलाका ९ वर्षीय दिनेश बुढाथोकीलाई माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

स्थानीय जोगेनी पाखा जंगलमा बाख्रा चराउन गएका बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। यस्तै स्थानीय भुर खोलाले बगाएर कपुरकोट गाउँपालिका ६ सिन्वाङ निवासी ७१ वर्षीय पूर्ण बहादुर महताराको  मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

मंगलबार छोरीको घरबाट आफ्नो घर फर्किंदै गरेका महताराको बुधबार शव फेला परेको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.