विश्व

कम्बोडियामा कुकुरको मासु व्यापारमा प्रतिबन्ध

असार २४, २०७७

    एजेन्सी ः कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन्। मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । 

    यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ। यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ। तर यहाँ कुकुुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रुपमा कुकुर मार्ने गरिएकोले जनावर अधिकारकर्मीहरुले यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए। 

    पशु अधिकारवादीहरुले मासुका लागि पशु मार्न नहुने, कुकुरलाई पनि मार्न नहुने र निर्दयी रुपमा कुकुर मारेर मासुको महोत्सव गर्न नहुने भन्दै विगत लामो समयदेखि माग गर्दै आएका थिए । 

    त्यसको विरुद्धमा उनीहरुले अदालतसम्म पनि पुगेर मासुका लागि कुकुर मार्ने कार्यलाई रोक्न भनेका थिए। त्यसैले सरकारले यस्तो निर्णय गरेको जनाएको हो । सिम रिप प्रान्तको कृषि विभागले मङ्गलबार अबेर राति सो नीतिको घोषणा गरेको थियो । मासुका लागि कुकुर मार्ने र त्यसको महोत्सव गर्ने काम अराजक देखिएको र यो पशु अधिकारको विरुद्धमा भएको भन्दै यस्तो प्रतिबन्ध लगाएको जनाएका हुन् । 
    उक्त प्रान्तका अधिकारीहरुले मासु खाने प्रयोजनका लागि कुकुर समात्ने, काट्ने तथा बेच्ने कुनै पनि व्यक्तिलाई एक हजार ५ सयदेखि १२ हजार २ सय अमेरिकी डलर बराबरको जरिवाना गराइने बताएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]