संक्रमित संख्या सात लाख ४२ हजार नाघ्यो, मंगलबार मात्र ४ सय ८२ काे मृत्यु

|

एजेन्सी : भारतमा मङ्गलबार कोभिड–१९ का २२ हजार ७ सय ५२ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख ४२ हजार नाघेको छ। भारत हालसम्म कुल संक्रमितको संख्या सात लाख ४२ हजार ४ सय १७ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

भारतमा मङ्गलबार थप २२ हजार ७ सय ५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४ सय ८२ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ। भारतमा हालसम्म कोरोना भाइरसबाट २० हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ। 

विज्ञप्तिका अनुसार बुधबार बिहानसम्म ४ लाख ५६ हजार  ८ सय ३० संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन्। अझै पनि २ लाख  ६४ हजार ९ सय ४४ व्यक्ति संक्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरहेका छन्।

भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख १७ हजार १ सय २१ संक्रमित छन् भने ९ हजार २ सय ५० जनाको मृत्यु भएको छ। दोस्रो स्थानमा तमिलनाडू रहेको छ र यहाँ १ लाख १८ हजार ५९४ जना संक्रमित रहेका छन् भने १ हजार ६ सय ३६  जनाको मृत्यु भएको छ। 

तेस्रो स्थानमा राष्ट्रिय राजधानीसमेत रहेको दिल्ली प्रदेश रहेको छ। यहाँ १ लाख २ हजार ८ सय ३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार १ सय ६५ जनाको मृत्यु भएको छ। 

भारतमा अहिले लकडाउन खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्म लागि व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.