|

काठमाडौं :  सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढी पहिरोले व्यापक क्षति गरेपछि उद्दारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल जान लागेका छन्।

हेलिकप्टर लिएर उद्दार गर्न सभामुख जान लागेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 'अहिले हेलिकप्टर लिएर घटनास्थल जाने तयारीमा छौँ। तर,समय निश्चित भइसकेको छैन' उनले भने।

भीषण बाढी पहिरोले बाह्रविसे नगरपालिका–३ जम्बुमा १५ घरभन्दा बढी डुबानमा परेका छन्। पहिरोले कारणले १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ। कति क्षति भयो एकिन गर्न सक्ने अवस्था छैन। सो क्षेत्र सभामुखको निर्वाचन क्षेत्र हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.