|

काठमाडौ ः  सिन्धुपाल्चोकमा आएको भोटेकोशी बाढीले अरनिको राजमार्गमा कटान गर्दा उद्धारमा समस्या गरेको छ। 

बाह्रविसे नगरपालिका प्रवेश गर्ने ठाउँ जुरेदेखि सडकबाट अघि बढ्न सक्ने अवस्था छैन, उद्धारका लागि हिँडेको सुरक्षाकर्मी समेत घटनास्थल पुग्न सक्ने अवस्था छैन, बाह्रविसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले भने, ‘म पनि सबैभन्दा धेरै क्षति गरेको ठाउँ जम्बु जान लागेको छु। तर, बाटो नहुदाँ बिच बाटोमै अलपत्र परेको छु।’

गएराति परेको भीषण वर्षासँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति गरेको उनले बताए। क्षतिको एकिन विवरण गर्न सक्ने अवस्था छैन, अहिले हामी उद्धारमा जुटेका छौँ उनले भने। 

पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न स्थानमा गरि १८ जना बेपत्ता र २ जनाको शव फेला परेको नगरप्रमुख शेर्पाले बताए। बाढीमा परेर ज्यान गुमाउनेमा जम्बु निवासी २० वर्षीय निकेश बस्नेत र उनको ३ वर्षीया छोरी रहेको उनले बताए। 

सिन्धुपाल्चोकको बाह्रविसे, भोटेकोशी क्षेत्रमा ०७१ सालमा गएको जुरे पहिरोपछि विपत्ति भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.