|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तीलाई लिएर दुख व्यक्त गरेका छन्। ​

गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनालाई लिएर दुख व्यक्त गरेका हुन्। 

दीर्घकालिन रुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा आग्रह समेत गरेका छन्।  उनले भनेका छन्, ‘सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ उनले लेखेका छन्, यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनु भएकाहरु प्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु।’ 

अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहीन भएर बिचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्य धारण गरी सतर्क रहन समेत आग्रह गरेका छन्। 

यसका साथै दीर्घकालिन रुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.