राजनीति

सिन्धुपाल्चोकमा सरकारले उद्धार टोली छिटो पठाओस : सभापति देउवा

असार २५, २०७७

    काठमाडौं :  प्रमुख प्रतिपक्ष  दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धार टोली पठाउन आग्रह गरेका छन्।

    त्यस्तै उनले उद्धारमा खटिन कांग्रेसका नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिएका छन्। देउवाले ट्वीट गर्दै थप मानविय र भौतिक क्षति हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन्।  

     ‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु,’ उनले लेखेका छन्, ‘सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]