|

सल्यान : ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको ज्यान गएको छ।

जिल्लाको दार्मा गाउँपालिका-४ सरसुखोलाबाट रुकुम पश्चिमको  चौरजहारी जाँदै गरेको रा १ त ४३८७ नं. ट्याक्टर  बिहिबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी कुमाख गाउँपालिका-५ झारकाँडाका ट्याक्टर मालिक तिलक थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आफूहरू अहिले घटनास्थलमा अहिले पुगिसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.