|

काठमाडौं  ः नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्‍न प्रदान गरे। क्षेत्री मंगलबार नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।​

ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा भएपछि सरकारले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। 

त्यस्तै एसपी हुँदा क्षेत्रीले कास्की र झापाको कमान्ड सम्हालेका उनले डिएसपी हुँदा धादिङ प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.