प्रभावकारी भूमिका खेल्न नसकेको सर्वसाधारणको गुनासो

|

काठमाडाैं : भारतीय सञ्चार माध्यमले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा अतिरञ्जित खबर प्रकाशन-प्रसारण गरेपछि अहिले चर्को आलोचना भइरहेको छ।

भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका त्यस्ता सामाग्री आपत्तिजनक भएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको भूमिका माथि प्रश्‍न पनि उठाइएको छ।

नेपालमा चर्को आलोचना भइरहेका बेला भारतका लागि नेपाली राजदूतको भूमिकालाई लिएर अनेक प्रश्‍न उठिरहेका छन्। तर राजदूत आचार्यले भने बोल्नुपर्ने ठाउँमा बोलिएको छ भन्दै पन्छिने कोसिस गरेका छन्। ‘बोल्नुपर्ने ठाउँमा बोल्ने हो, भन्नुपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ’, आचार्यले बिहीबार ट्वीट गर्दै भनेका छन्। 

प्रतिक्रिया

राजदूत आचार्यले आफूमाथि परिरहेको दबाबपछि जवाफका क्रममा बोल्नुपर्ने ठाउँमा बोलिरहेको भनेपछि त्यसबारे सर्वसाधारणले विभिन्‍न प्रतिक्रिया दिएका छन्। 

राजदूत आचार्यलाई ट्वीटरमा मेन्सन गरेर धेरैले भारतीय सञ्चारमाध्यमले अहिले प्रशारण गरिरहेका नेपाल विरोधी अतिरञ्जित समाचारबारे भारत सरकारको ध्यानाकर्षण गर्न आग्रह पनि गरेका छन्। 

‘भारतीय निजी सञ्चार माध्यम (मिडिया)ले अचाक्ली नै गरिरहेका छन्। सरकारी निकायले महामहिमको अनुरोध र प्रयासलाई नजरअन्दाज गरे महत्व दिएनन्। लिखित रुपमा ध्यानाकर्षण गराउनु पर्छ,’ शान्तराज सुवेदीले राजदूत आचार्यलाई मेन्सन गर्दै लेखेका छन्। 

हरिकृष्ण शाक्यले राजदूत आचार्यको ट्वीटमा रिप्लाई दिँदै भारतमा रहेका अन्य विदेशी मिडियाका पत्रकारहरुलाई बोलाएर ध्यानकर्षण गराउन पनि आग्रह गरेका छन्। 

‘बोलेको सुनेन वा महत्व दिएन भने बिदेशी पत्रकारहरू बोलाएर जानकारी दिनु पर्यो। सबै इण्डियन पिट्ठू मात्र छैनन होला’, शाक्यले लेखेका छन्।  

राजदूत आचार्यलाई काम गर्न नसकेको भन्‍ने आरोप पनि लागेको छ।  प्रभाव अधिकारीले आचार्यलाई मेन्सन गर्दै लेखेका छन्, ‘भन्या जस्तो देखिएन, बोल्या तपाईं भन्‍नुहुन्छ, धाक उनीहरू लाउँछन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.