|

जाजरकोट :  जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्की गाउँमा गएराति पहिरोले घर बगाउँदा  १२ जना बेपता भएका छन् । 

बेपता हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की , ११ वर्षीय छोरा अर्जुन सार्की रहेका छन्।  त्यस्तै कालु सार्की, ११ वर्षीया छोरी कालु सार्की, ११ वर्षीया छोरी कमला सार्की, ६ वर्षीय छोरा सुभास सार्की रहेका छन्। 

त्यस्तै पाहुना आएका कुशे गाउँपालिका ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की बेपता भएको बारेकोट गाउँपालिका वडा ४ का सचिव गोविन्द पुनले जानकारी दिए।

घटना स्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। त्यस्तै वडा ५ को खर्क तेलचउरेमा रहेका धान खेत पहिरोले पुरेको  बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । पानी नियमित परिरहेकोले सम्पर्क गर्न समस्या भएको उनले जानकारी दिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.