|

म्याग्दी/काठमाडौं :  म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन्। जिल्लाको धौलागिरि, मालिका र मंगला गाउँपालिका विभिन्‍न स्थानमा खसेको पहिरोमा ३२ जना बेपत्ता भएको र लगातारको वर्षा र पहिरोका कारण उनीहरुको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

 ‘सबैभन्दा धेरै धौलागिरीको मराङमा २२ जना बेपत्ता भएका छन्,’ म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गएको खबर आएको छ। मालिकामा ८ जना, मंगला २ जना हराएको खबर आएको छ लगातार पानी परिरहेको छ। खोला नदी उर्लेको छ उद्धार गर्न पनि कठिनाइ भएको छ।’

उनका अनुसार दरबाङ र सिमचौर भन्ने ठाउँमा उद्धारका लागि गएको टोली नै रोकिएको छ। बागलुङबाट बिपत् व्‍यवस्थापन टोली, सशस्‍त्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेको भए पनि लगातार पहिरो झरिरहकोले समस्या भएको कुँवरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.