|

काठमाडौं : गण्डकी प्रदेश सरकारले प्रदेशभरि बाढी पहिरोले ११ जनाको ज्यान गइसकेको जनाएको छ। गण्डकी प्रदेश सभा बैठकमा प्रदेश सरकारको तर्फबाट कानुनमन्त्री हरिबहादुर चुमानले क्षतिबारे सदनलाई जानकारी  गराएका हुन्। 

‘असार २४ मध्यराति देखि अविरल वर्षाका कारण गण्डकी प्रदेशका कास्की, लमजुङ, म्याग्दी, तनहुँ लगायतका जिल्लाका विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली, मृतकका आफन्तजनप्रति समवेदना र घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना’ उनले भने।

उनले शुक्रबार विहान १० बजेसम्म ११ जनाको ज्यान गएको विवरण प्राप्त भएको पनि बताए। ‘अविरल वर्षाका कारण २०७७ असार २६  गते विहान १० बजे ११ जनाको मृत्यु भएका कास्कीको ७, लमजुङको ३ र म्याग्दीको १ जनाको मृत्यु ३३ बेपत्ता भन्ने जानकारी आएको छ’ उनले भने, ‘१६ जनाको उद्धारपछि अस्पताल पुर्याइएर उपचार भइरहेको छ। दर्जनौँ घर, बस्तीमा क्षति पुगेकाे र जाेखिम देखियो यसको संख्या अझै बढ्ने देखिएको छ।’ 

अविरल वर्षा भइरहे पनि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले उद्धारको काम गरिरहेको उनले जानकारी दिए।  उद्धारमा स्थानीय नागरिकले पनि सहयोग गरेको उनको भनाई छ।

उनले खहरे खाेलाहरू उर्लिएकाे बताए। 'काठमाडौंबाटै झिकाएर उद्धारकाे लागि सेनाकाे हेलिकप्टरमा पठाइएकाे जानकारी पनि म गराउँछु' मन्त्री चुमानले भने ।  विस्थापितहरूलाइ राहतको  व्यवस्था प्रदेश सरकारले गर्ने पनि उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.