|

काठमाडौं : अविरल वर्षापछि गएको पहिरोका कारण मानवीय तथा भौतिक क्षति पुगेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमका दुई जना घाइतेको उद्धार भएको छ।

 म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले पोखराबाट गएको एउटा हेलिकोप्टरले दुई जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको बताए। अन्य घाइतेको लागि नेपाली सेनाको हेलिकोप्टरसमेत जाने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।

मराङ र बिममा हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। मराङमा २१ तथा बिममा ८ जना बेपत्ता छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण खोलामा आएका बाढीले बगाएर मंगला गाउँपालिका–६ मा १ जना बेपत्ता भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए। बाढी पहिरोमा परेर हालसम्म ३० जना बेपत्ता भएको सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.