|

चितवन : चितवनको माडीका एक व्यक्तिले पत्नीसँगको घरायसी झगडाका कारण अपहरणको नाटक गरेको खुलासा भएको छ। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

दक्षिण चितवनको माडी नगरपालिका २ का ३६ बर्षीय खेमराज महत्तोले आफू अपहरणमा परेको भनी पत्नीलाई फोन गरेर नाटक रचेको अनुसन्धानमा खुलेको चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

पत्नीसँग घरमा विवाद भएपछि आफूसँग बैंकमा १३ लाख रकम छ भनेर झुठा अफवाह फैलाई उनले अपरहणमा परेको श्रीमतीलाई बताएका थिए।

उनकै भनाईलाई आधार मानेर पत्नीले प्रहरीमा जानकारी गराएपछि अनुसन्धान गर्दै जाँदा नाटक गरी झुठा अफवाह फैलाएको पत्ता लागेको प्रहरीले जनाएको छ।

खोजतलास गर्ने क्रममा भरतपुरको चौबिसकोठीबाट शुक्रबार उनलाई पक्राउ गरिएको छ। अनुसन्धान गर्दा उनको बैक खातामा रकम समेत नभएको र अफवाह मात्रै फैलाएकाले कानुनी कारवाही थालिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.