|

काठमाडौं :  अहिले कोरोनाभाइरस प्रकोपका कारण विश्वका धेरै मुलुकले लकडाउनको नीति अख्तियार गरेका छन्।

लकडाउन (बन्दाबन्दी) भनेको तिव्र रुपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको ‘सामाजिक दुरी’ कायम गर्ने नीति हो । २०१९–०२० लकडाउनको शाब्दिक अर्थ अवरोध गरीएको क्षेत्रमा जो मान्छे जहा छ, त्यहि रहनु भएकाले यसको उद्देश्य कुनै पनि मान्छे निस्फिक्री रुपमा एक ठाउँबाट अर्को ठाउँ जाँदा हुने जोखिममा कमि ल्याउनु नै हो।

सायद कोरोनाका कारण गरिएको लकडाउन मानव इतिहासकै लामो र पट्यार लाग्दो मानिएको छ। यति बेला हामी पनि यहि समयसँगै चलिरहेका छौ। अहिले हामी लकडाउन सँगसँगै लकडाउनमा पनि छौ। विश्वका धेरै देशमा अहिले पनि लकडाउन जारी छ। लकडाउन पुर्ण रुपमा कहिले खुल्छ? अनुमान गर्न सक्ने अवस्था छैन।

लकडाउनमा आम नागरिकहरुले भोग्नु परेको समस्या कहाली लाग्दो छ। मानव इतिहासमै पहिलो पटक भोग्नु परेको लकडाउनको विषयलाई देखाउने गरि पत्रकार रामजी ज्ञवालीले छोटो चलचित्र निर्माण गरेका छन्। ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन्। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा आर्थिक अवस्थाले तड्पिरहेका युवाकी प्रेमिकाले उनीप्रति देखाएको सद्भाव र सहयोगको विषय समेटिएको छ।

यसको मुख्य भूमिकामा अभिविन्द खनिया, वर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरे छन्। चलचित्रलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.