|

दाङ : घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बापतको रकम नगरको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

नगर कार्यपालिकाको ८६ औँ बैठकले जनप्रतिनिधिको एक महिनाको सेवा सुविधाबापतको १५ लाख २० हजार रुपैयाँ प्रकोप व्यस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

कोषमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको एक महिनाको सेवा सुविधाको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता भरत अर्यालले जानकारी दिए। प्रदेश सरकारले पारित गरेको स्थानीय तहका पदाधिकारी र सदस्यहरुले पाउने सुविधा सम्बन्धि ऐन २०७६ बमोजिम पाउने सुविधाको एक महिनाको रकम जम्मा गर्ने निर्णय भएको हो।

त्यसैगरी, तुलसीपुर उपमहानगरका जनप्रतिनिधिले पनि कोरोना विपद् कोषमा १८ लाख १३ हजार सहयोग गरेका छन्। कोरोनाको संकटमा जनतालाई सहज होस् भनी एक महिनाको तलबभत्ता बराबरको रकम सहयोग गरेको नगर प्रवक्ता श्याम डाँगीले जानकारी दिए।

कोषमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य लगायतले सहयोग गरेका छन्। तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणबाट जनतालाई जोगाउँनका लागि कोरोना विपद् कोष बनाएर सहयोग संकलन गरिरहेको छ। यसअघि उपमहानगरपालिकाका कर्मचारी र शिक्षकहरुले कोषमा सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.