|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनसंख्या देशको अस्तित्व स्थापना गर्ने मूल मापक भएको उल्लेख गरेका छन्‌। 

२५औं विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ढकालले जनसंख्या विकासको मूल आधारका साथै देशको अस्तित्व स्थापना गर्ने मूल मापक भएको जनाएका छन्‌। 

सरकारले जनसंख्याको नियन्त्रणमा भन्दा पनि यसको व्यवस्थापनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री ढकालले शुभकामना सन्देशमा लेखेका छन्‌, 'सरकारले तय गरेको पन्ध्रौं पञ्चवर्षीय योजनामा प्रतिवद्धता जनाई लागु गरेको दिगो विकास लक्ष्य लगायतका हरेक कार्यक्रममा जनसंख्या व्यवस्थापन प्राथमिकतामा परेको छ।'

जनसंख्याको सन्तुलित वितरण र प्रभावकारी व्यवस्थापनको मार्गमा जनसंख्याका खास खास सूचकहरूमा सुधार गर्नुपर्ने अवस्था रहेको सो सन्देशमा उल्लेख छ। सेवा सुविधाकै अभावमा नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाईंसराई गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरूको निर्माण गरी व्यवस्थित बसोबासको व्यवस्था मिलाई अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको मन्त्री ढकालले दावी गरेका छन्। 

मन्त्री ढकालद्वारा जारी शुभकामना सन्देश :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.