|

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा घाइते भएकाहरूलाई उद्धार गर्न प्रदेश सरकार गम्भीर नभएको भन्दै प्रदेश सभा सदस्यहरूले गुनासो गरेका छन्‌। बारेकोट गाउँपालिका ४ र ६ मा गएको पहिरोमा पुरिएर घाइते भएकाहरूलाई समयमै उद्धार र उपचार नगर्दा उनीहरूको अवस्था गम्भीर बन्दै गइरहेको छ। 

घाइते बिरामीहरुको उद्धारमा प्रदेश सरकार गम्भिर नभएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए। शुक्रबार मौसमको कारण देखाएर हेलिकोप्टर उडाउन नमानेको प्रदेश सरकारले शनिबार मौसम हुदा पनि उद्धारमा चासो नदिएको गुनासो अर्का सभासदस्य करबीर शाहीले बताएका छन्‌।

कालीकोट र जुम्लामा भए मात्र प्रदेश सरकारले हेलिकोप्टर छिटो पठाउने, तर अन्य जिल्लामा ध्यान नदिने गरेको शाहीले गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.