|

दाङ : पछिल्लो केही वर्षयता दाङमा व्यावसायिक रुपमा पुष्प(फूल) खेती गर्न शुरु गरिएको छ। तर लकडाउनका कारण उत्पादन भएका पुष्प(फूल) बिक्री हुन नसक्दा लाखौं मूल्यबराबरको नोक्सान भएको छ।

७ वर्ष कतारमा रोजगारी गरी फर्किएका लोकेन्द्र रोका मगरले घोराही उपमहानगरपालिका-१४ मा २ वर्षदेखि व्व‍ावसायिक रुपमा फूलखेती गर्दै आएका छन्।  उनले वर्षमा २ सिजनको लागि घोराहीको २ ठाउँमा करिब एक बिघा जमिन भाडामा लिएर खेती गर्दै आएको बताए। सयपत्री फूलको तिहारको समय र  फागुनदेखि जेठसम्म सिजन हुने गर्छ। तर यसपटक चैत्रदेखि नेपालमा लकडाउन भएपछि उत्पादन भएका फूलहरू बिक्री नभएर सुकेरै खेर गएको उनले बताए।

लकडाउन लागू हुनु अघि दाङ लगायत बाहिरी जिल्लाबाट समेत फूलको माग हुने गरेको थियो, तर लडाउनका कारण करिव ४५ सय बोटमा पुष्प(फूल)सुकेर खेर गएको उनी बताउँछन्।   ति फूल सुकेर खेरा जादाँ करिव २ लाख घाटा लागेको छ।

विगत ७-८ वर्षदेखि तिहारको समयमा मात्र स्थानिय सयपत्री फूलको खेति गर्दै आएको भएता पनि विगत २ वर्षदेखि उन्नत जातको सयपत्रीको व्यवसायिक खेती गर्न शुरु गरेको रोका मगरले बताए। ‘वार्षीक ६५ हजार जमिनको भाडा तिरेर फूल खेति गर्दै आएको छु,’उनले भने,‘गत वर्षको तिहारको बेला फूलमा ढुसी लागेर  पनि त्यतिकै घाटा लागेको थियो। अहिले फेरी लकडाउनका कारण फूल नबिक्दा घाटा लाग्यो।’ अन्य व्यवसाय भन्दा फूल व्यवसाय राम्रो भएता पनि रोगले गर्दा बोटै बचाउँन समस्या हुने समेत उनी बताउँछन्।

वर्षमा २ सिजनमा गरी करिव ४-५ लाख आन्दानी हुने गरेता पनि यस पटक रोग र नबिक्दा नोक्सानी व्यहोर्न परेको समेत उनले बताए।

 रोका मगरले गत आर्थिक वर्षखेखि ६ लाखको लगानीमा पुष्प नर्सरी तथा बगैँचा सञ्चालन गरेका छन्। उनले जलजला पुष्प खेती नामक फर्म दर्ता गरी विभिन्न ४५ प्रकारका फूलहरुको नर्सरी तथा बगैँचा सञ्चालन गरेको बताए। 'घोराही उपमहानगरको २ लाख ३७ हजार ५ सय अनुदान र बाँकी आफैको लगानीमा गरेको हुँ', उनले भने।

 त्यसैगरी तुलसीपुर १३ फूलवारीमा पनि तुलसीपुरका ७ जना युवाहरुले गत वर्षदेखि सयपत्री पुष्प(फूल)खेति गर्दै आएका छन्। तर बजार व्यवस्थापन र चिस्यान केन्द्रको समस्याले गर्दा आफुहरुले सिजनको समयमा मात्र फूलखेति गर्ने गरेको व्यवसायी मनोज बस्नेतले बताए।   

जिल्लामा फाटफुट बिक्रि हुने र बजारका लागि काठमाण्डौमा सम्पर्क गर्नुपर्ने समस्या रहेको उनको गुनासो छ। ‘हामीले सधैभर फूलखेती गरी उत्पादन गरौँ भने, पनि यहाँ त्यति बजार छैन,  उनले भने,‘गत वर्ष उत्पादन भएको फूल करिव १० प्रतिशत दाङमा खपत भएको थियो। बाँकी काठमाडौँ पठाएका थियो।’ त्यसैगरी उनले आफुहरुले व्यावसायिक तरिकाले दाङमा बाहिरबाट आयत हुने फूललाई रोक्नको लागी खेति गरेको भएता पनि स्थानिय सरकारले नहेरेको उनले बताए।

‘ हामीले अहिले तिहारको लागी मात्र सयपत्री फूलको खेति गर्दै आएको छौँ,’ उनले भने,‘ फूल त दाङमा खपत नभएर बाहिर  पठाउनुपर्छ। अन्य सिजनमा फूल उत्पादन गरेर बिक्री हुदैन। जसका कारण अन्य सिजनमा खेति गर्न सकेका छैनौँ।’

यता दाङमा तिहारको समयमा मात्र सयपत्री फूल फालाफाल पाइने र अन्य समयमा नपाइने उपभोक्ताहरूले गुनासो गरेका छन्।  गत वर्ष माघमा तुलसीपुर उद्योग वाणिज्य संघले लगाएको महोत्सवमा जिल्लामा फूल नपाए पछि २५० पिसलाई  प्रतिपिस ६७ रुपैयाँमा ल्याएको उद्योग वाणिज्य संघले जनाएको छ। त्यसैगरी जिल्लामा फूल नपाएपछि  गत फागुनमा विद्यालयको  वार्षिकोत्सव कार्यक्रम लागी  ७० पिस माला प्रतिपिस ७० का दरले  काठमाडौँबाट मगाएको सप्तरंगी बोडिङ स्कुल तुलसीपुरका प्रिन्सिपल छवि कुमार वलीले बताए।

 उनले खाँदा भन्दा फूलका माला प्रयोग गर्ने र यसको प्रवद्र्धन गर्ने भन्दै माला प्रयोग गर्न खोज्दा दाङमा नपाएपछि काठमाडौँबाट मगाएको बताए।   जिल्लामा लाखौँ मूल्य बराबरको आयात हुने प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूलखेतिलाई व्यवसायिक बनाउनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख धनराज गौतमले बताए । 'उपमहानगरपालिकाले व्यवसायिक फूल खेति  र कौसी फूलखेतीलाई प्रवर्द्धनको योजना बनाउन शुरु गरिसकेका छौं', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.