|

बैतडी : प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ वर्षीय करन ऐरी (कर्णाली) हुन्। 

उनी विप्लव समूहका गाउँकमिटी सदस्य रहेका बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए। डराइधम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा  पक्राउ गरेका हौं,’ उनले भने, ‘ भागिरहेको अवस्थामा समात्न सफल भयौं।’ 

ऐरीलाई डिलाशैनी गाउँपालिका ६ कटौज भन्नेस्थानबाट पक्राउ गरिएको हो। डिलाशैनी क्षेत्रमा उनीहरुले चन्दा आतंक मच्चाएको भन्ने जनगुनासो आएपछि गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोज साउँद नेतृत्वको टोलीले ऐरीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका ऐरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। 

यसैबीच ऐरीसँगै रहेका विप्लव समूहका दार्चुला जिल्ला इञ्चार्ज रामसिंह कुँवर भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.