|

कञ्चनपुर :  भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरस्थित बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयकी मनिषा गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेकी छन्।

कक्षा ७ मा अध्ययनरत गुरुधामीले जापानामा आयोजना गरिएको अन्तर्राष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा  हालै प्रथम स्थान हासिल गरी पुरस्कार जितेकी हुन्। तिलकपुरकी ११ वर्षीया धामीले यसअघि पनि चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेकी थिइन्।

विद्यालयका प्रधानाध्यापक मदन बहादुर विष्टले छात्रालाई बधाईसहित शुभ कामना दिएका छन्। धामीले विद्यालयको नाम अन्तर्राष्ट्रिय चिनाएकोमा खुसी व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.