|

काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षरोपण गरेको छ। ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन्। उपत्यकालाई हरियाली सहर बनाउने योजनाअनुसार मुख्यमुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक युनिटका प्रमुखहरुले आफै विरुवा लिएर रोपेका थिए। विरुवा नहुर्किँदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताए। वृक्षरोपणले सहरको शोभा बढाउने र सभ्यताको समेत पहिचान दिने उनले बताए।

वृक्षरोपणले सहरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने र प्रदूषणसमेत न्यून गर्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ। रोपिएका विरुवाहरुको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरी आफैँले लिने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.