|

एजेन्सी : बिहारको पूर्वी चम्पारणको रक्सौलमा एक सानो पंटोका नाम गरेको गाउँ छ। यो गाउँ नेपाल–भारत सीमामा जोडिएको छ। यहाँबाट मात्र पाँच सय मिटरयता नेपाल पर्छ। 

पंटोकाका ९० प्रतिशतभन्दा बढी मानिस कामका लागि नेपाल आउने गर्छन्। खासगरी उनीहरु पर्साको वीरगन्जमा रोजीरोटीका लागि आउने गर्छन्। उनीहरु वीरगन्जमा रिक्सा चलाउने गर्थे। कसैकसैले वीरगन्जमा पसल खालेर बसेका थिए भने कतिपय घर निर्माणको काम गर्थे। खुला सीमाका कारण उनीहरुलाई नेपालमा निर्वाध आउजाउ गर्थे।

पंटोका र र नेपालमा बिहावारीसमेत निकै भएको छ। वषौंदेखि उनीहरु यो सम्बन्धमा छन्। दुवैतिरकालाई सीमाले छेक्दैन्थ्यो। उनीहरुलाई अलग अलग देश भएको समेत भान हुँदैन्थ्यो। हिँडेरै उनीहरु नेपाल–भारत वारपार गरिरहन्थे। साइकलमै आधा घन्टामा उनीहरु 
वीरगन्जमै आइपुग्थे। 

तर पछिल्ला केही महिनायता उनीहरुको हरेक दिनचयाँ बदलिएको छ। उनीहरुलाई नेपाल आउन समस्या छ। प्रहरी प्रशासनले कडाइ गरेको छ। कारण, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरससँगै दुवै देशले गरेको लकडाउन र सीमा बन्द छ। 

नेपालमा लकडाउन खुकुलो भएसँगै उद्योगधन्दा कलकारखान र बजार खुल्न थालेका छन्। तर नेपाल–भारत सीमा खुलेको छैन। जसका कारण उनीहरुको नेपालमा भइरहेको राजीरोटी धरापमा पर्दै गएको छ। 

चार महिना भयो पंटोकाका भुनेसरा नेपाल आउन पाएका छैनन्। उनी घरमै बेरोजगार भएर घरमै बसिरहेका छन्। उनी भन्छन्, ‘रक्सौलमा काम पाइँदैन।’ ​सरजूरामको व्यथा पनि उस्तै छ। नेपालका मानिस निर्बाध भारत आइरहेका तर आफूहरु नेपाल जान नपाएको उनी गुनासो गर्छन्। उनलाई नेपाली सुरक्षाकर्मीको चिन्ता छ। भन्छन्, ‘नेपाल पस्यो कि प्रहरीले रोक्छ।’ ​

सरजूरामका अनुसार उनीजस्ता पंटोका का धेरै मानिस नेपालतिर ट्रान्सपोर्टका काम गर्छन्। कोही कोही नेपालको उद्योगहरुमा समेत काम गर्दै आइरहेका छन्। तर  लकडाउनका कारण सबै बन्द भएका छन्। ​

पंटोकाबाट आधा किलोमिटर यताको नेपाल आउन उनीहरु सकिरहेका छैनन्। उनीहरुले नेपालमा पसल खोल्न पाएका छैनन्। भन्छन्, ‘पसलमा भएका धेरै सामान खराब भइसके इमरजेन्सीमा पनि नेपाल पस्न पाएनौं।’

उनीहरुको एकै स्वर छ – नेपाल र भारत दुई अलग अलग देश हो भनेर हामीले सोचेकै थिएनौं, कहिल्यै जाँच हुँदैन्थ्यो, साइकल चढेर नेपाल जान्थ्यौं। हामीले पहिलो पटक बोर्डर सिल भएको देख्यौं, यहाँ हामीले काम पाएनौं, सडकमा घुमेर बसिरहेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.