|
फाइल फोटो

काठमाडौं : सरकारले कोरोना संकटका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने काम भोलि र पर्सि दुई दिन रोक्ने भएको छ। विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइका लागि सोमबार र मंगलबार विदेशबाट चार्टर्ड उडान नहुने बताइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार सिसिएमसीले जुलाई १३ र १४ तारिख उडान नगरी जुलाई १५ देखि नयाँ तालिकाअनुसार उडान हुनेछ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पछिल्लो बैठकले विदेशबाट नेपालीको उद्धारका लागि उडान एकसाताका लागि थप्ने निर्णय गरिसकेको छ। जसअनुसार जुलाई १५ देखि २१ तारिख एक सातासम्मका लागि ४२ वटा उडान थपिएको मन्त्रालयका सहप्रवक्ता उप-सचिव राजन पौडेलले जानकारी दिए। उनका अनुसार हरेक दिन ६ वटा उडानका दरले ४२ वटा उडान थपिएको छ।

१५ तारिखका दिन बुधबार युएईकै लागि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सका दुई/दुई तथा विदेशी एयरलाईन्सका २ वटा गरी ६ वटा उडान हुनेछन्। यस्तैगरी, १६ तारिख बिहीबारका दिन साउदी अरेबिया, रियाद र दमामका लाग ६ वटा उडान हुनेछन्। युएई, साउदी, कतार, मलेसियालगायत देशहरूबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स लगायतले नेपालीहरूको उद्धार गरी स्वदेश ल्याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.