|

काठमाडौं : नेपालमा पहिलोपटक २०१५ साल फागुन ७ गते निर्वाचन भएको स्मरणमा शनिबार प्रथम निर्वाचन दिवस मनाइँदै छ।

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो। त्यहीँ दिनको सम्झना गर्दै शनिबार निर्वाचन आयोगले निर्वाचन दिवसका रूपमा मनाउन लागेको हो।

२०१५ सालको आम निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए। लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि पहिलो पटक भव्यताका साथ दिवस मनाउन लागेको आयोगले जनाएको छ।

दिउँसो २ बजे देखि आयोग परिसरमा हुने दिवस मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत सहभागी हुनेछन। सभामुख ओनसरी घर्ती दक्षिण एसियाका सभामुखको सम्मेलनमा सहभागी हुन भारतको इन्दौर गएकाले समारोहमा उपस्थित हुने छैनन्।

नेपालमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन। जसका कारण मतदानको उमेर पुगेका ८० लाख नागरिक स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिनबाट वञ्चित हुँदै आएका छन्। निर्वाचन आयोगले आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकाले निर्वाचित संस्थाको अवधि सकिनेबित्तिकै चुनाव हुनुपर्नेमा जोड दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.