|

संखुवासभा : सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दा पहिरोको उच्च जोखिम भएका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ। 

७३ घरका ३ सय ५० जनाभन्दा बढीलाई सिसुवा नजिकैको चित्रेमा सारिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। 

बेसिन्दा गाउँलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित सारेको हो। पहिरोको उच्च जोखिम भएका परिवार र बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयबासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेनाले खोजी गरिरहेकोे भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाले जनाएको छ। 

पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको थियो। विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान नसकेको प्रहरी प्रमुख डिएसपी मल्लले जानकारी दिए। 

वर्षाले उद्धारमा कठिनाइ

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटना थल पुग्न सकेका छैनन्। 

बेपत्ताको खोजीका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ। भने जनपथ प्रहरी –१५ जना र सशस्त्र प्रहरी–१५ जना घटनास्थलतर्फ लागेका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर  घटनास्थल लागेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.