|

कोलम्बियामा विभिन्न आपराधिक समूहका डरका कारण झण्डै एक सय परिवारले घर छोडेका छन्। फार्क विद्रोही शान्ति प्रक्रियामा आएपछि सक्रिय हुन थालेका आपराधिक समूहको डरका कारण भेनेजुयलाको सीमा नजिकको गाउँबाट मानिस विस्थापित हुन थालेका संयुक्त राष्ट्रसंघले जनाएको छ।

उत्तरी क्षेत्रको नोर्टे डे सान्टान्डरबाट ९६ परिवारले घर छोडेका छन्। उनीहरुमध्ये केही भेनेजुयला प्रवेश गरेको र अरु शहरका विभिन्न ठाउँमा शरण लिएर बसेका भन्दै राष्ट्रसंघले तनाव बढ्दै जाँदा अझै धेरै परिवार विस्थापित हुने सम्भावना रहेको जनाएको छ।

फार्क विद्रोहीले सरकारसँगको शान्ति सम्झौतासंगै विभिन्न क्षेत्रबाट आफ्ना सैन्य युनिट हटाउन थालेपछि विभिन्न स–साना आपराधिक समूह सक्रिय हुन थालेका छन्। उनीहरुले सुरक्षा फौज र आम नागरिकमाथि आक्रमण तीब्र पारेपछि त्यस्ता समूहबाट आफूहरु असुरक्षित हुने भन्दै गएको साता किसानहरूले सान्टाण्डरबाट फार्कको स्थानीय इकाइको स्थानान्तरणमा अवरोध सिर्जना गरेका थिए।

साण्टाण्डर कोकिन उत्पादनको मुख्य ठाउँ भएका कारण त्यहाँ हुने आम्दानीका लागि विभिन्न आपराधिक गुटहरु सक्रिय रहँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.