जाजरकोट : बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीनजना मात्र बाँच्न सफल भएका छन्। बिरामी छिमेकी सहयोग गर्न गएका तुले सार्की, गोठमा पशुचौपाय हेर्न गएका उनका छोरा १४ वर्षीय रमेश सार्की र एकजना मावलीमा गएका कारण उनीहरुको बचेको हुन्।
गत शुक्रबार बिहान ४ बजे गएको पहिराले दुई घरका १२ जनालाई बेपत्ता परेको थियो। जसमध्ये ११ जनाको शव फेला परेको छ। छजनाको परिवार रहेको तुलेकी श्रीमती कलु, कान्छा छोरा सुभास र छोरीहरु तिर्खा र कमलाको पहिरोमा परी मृत्यु भएको छ।
अर्का मृतक गोपाल सार्कीका १३ वर्षीय छोरा पवन सार्की मामाघर सुवाकोट गएका कारण ज्यान जोगिएको छ। पवनले बुवा गोपाल, आमा पुष्पा, बहिनी लक्ष्मी र भाइ अर्जुनलाई गुमाएका छन्। त्यस्तै, तुलेको घरमा पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका तीनजनाको पनि मृत्यु भएको छ।
विद्यालयमा विस्थापित
पहिरोबाट विस्थापितहरुलाई स्थानीय विद्यालयमा राखिएको छ। सार्कीगाउँका ३२ घर र बोहोराटोलका १९ घर विस्थापित भएका छन् । यस्तै, वडा नम्बर १ र ५ का गरी ५०० घरधुरी विस्थापित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए।
विस्थापित सार्कीहरुले घर निर्माण गर्न राज्यले सहयोग गर्नुपर्ने माग गरेका छन्। अहिले अस्थायी रुपमा ज्यान जोगाउन विद्यालयमा बुसेका सर्वसाधारणहरु विकल्प दिन सरकारसँग माग गरेका छन्। विस्थापित लोकेन्द्र बोहोरा भन्छन्, ‘चिराचिरा परेको जमिन भत्किएको घर टाढैबाट हेरेर चित बुझाउछौँ। हामीसँग केही मकै छ, तर पिस्नका लागि घट्ट खोलाले बगाउँदा समस्य भएको छ। स्थानीय वजारमा चामल छैन, कसरी बाँच्ने?’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी नायकबाडा बारेकोटमा एक गेडा चामल छैन।
पहिरोमा परी मृत्यु हुनेका परिवारले विद्यालयमा नै किरिया सुरु गरेका छन्।
पीडितलाई राहत
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायतको टोलीले हेलिकोप्टरबाट केही राहत सामग्री ल्याएका दिएको छ।
यस्तै, बारेकोट गाउँपालिकाले मृतकका आफन्तलाई किरिया खर्च उपलब्ध गराएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।