|
फाइल फाेटाे

 काठमाडौं : तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले एक घर परिँदा पाँच जना बेपत्ता भएका छन् भने एक जनाको जिवितै उद्दार गरिएको छ। 

गएराति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए। स्थानीय आनबहादुर सुनारीको घर पहिरोले पुरिँदा सुनारीका दुई छाेरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएकाे तनहुँ प्रहरीले जनाएकाे छ। सुनारीकी श्रीमती घाइते भएकोमा उनलाई उपचारका लागि पाेखरा पठाइएकाे प्रहरीले जनाएकाे छ। 

घटनास्थलमा नेपाल प्रहरी पुगेको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको तनहुँ प्रहरीले जनाएकाे छ। 

यस्तै पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।  म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.