|

काठमाडौं : नक्कली अंगदाताबाट मिर्गौला प्रत्यारोपण गराएको आरोपमा आफ्ना डाक्टरहसितका कर्मचारी पक्राउ परेपछि चितवनस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) ले सो घटनामा आफ्नो गल्ती नभएको बताएको छ।

कलेजको तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधानले विज्ञप्ती जारी गर्दै नक्कली अंगदाताबाट मिर्गौला प्रत्यारोपणमा आफ्नो कुनै दोष नरहेको जनाएको छ।

कलेजका अतिरिक्त निर्देशक डा मनोहर प्रधानले जारी गरेको विज्ञप्तीमा कागजी प्रक्रिया पूरा भएपछि मात्रै मिर्गौला प्रत्यारोपणको काम भएको बताउँदै यसमा अस्पतालको दोष नरहेको जनाएका हुन्।​

आइतबार प्रहरीको मानव बेचबिखन ब्यूरोले नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरिएको भन्दै १२ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा भरतपुर मेडिकल कलेजका डा राकेश कुमार बर्मा, डा सुप्रभात श्रेष्ठ, डा बाल कृष्ण कालाखेती रहेका छन्। त्यसैगरी अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन्।

प्रहरीले जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, ललितपुर महानगरपालिका वडा( ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका छन्। त्यसैगरी जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसी पनि पक्राउ परेका छन्।

उनीहरुलाई अवैध तरिकाले मिर्गौला प्रत्यारोपण गरेको भन्दै पक्राउ गरिएको हो। आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गरेर ब्यूरोले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.