काठमाडौं उपत्यकामा ९ जना भेटिए

|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्‍न २५ वटा प्रयोगशालामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले जानकारी दिए। त्यस्तै, सोमबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या छ।

हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार २ सय ९४ छ। हालसम्म देशभर कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५  पुगेको छ। 

त्यस्तै काठमाडौं उपत्यकामा सोमबार ९ जना संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एकजना नयाँ संक्रमित भेटिएका हुन्। 

हालसम्म ६० दशमलव ७ प्रतिशतभन्दा बढी अर्थात् १० हजार २ सय ९४ जना भाइसरमुक्त भएका छन्। संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित निको भएर घर फर्किएका जानकारी मन्त्रालयले गरेको दैनिक प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.