|

सर्लाही : बागमती खोलामा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। घाँस काट्न गएका बागमती नगरपालिका ६ राजघाटका  ५५ वर्षीय रामजी कार्की खोलामा डुबेका थिए।

उनी नफर्केपछि आफन्तले खोज्ने क्रममा सोमबार साँझ राजघाटको दुम्जाली घाटमा मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिए। 

मृतक कार्कीको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल मलंगवा लाने तयारी भएको प्रहरी निरीक्षक यादवले बताए ।
  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.