|

कञ्चनपुर : महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष रामनाथ २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। 

जिल्ला अदालत कञ्चनपुरले आज उनलाई धरौटीमा रिहा गरेको हो। अभद्र व्यवहार गरेका भन्दै ब्रह्मदेवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्ता पछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो।   

राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.