|

हेटौंडा :  थाहा खबर डटकमका प्रधान सम्पादक तीर्थ कोइरालाले पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा ल्याउन भुमिका निर्वाह गर्नुपर्ने बताएका छन्। रेडियो थाहा सञ्चार हेटौंडाको ९ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘पत्रकारिताः विगत, वर्तमान र भविष्य’ विषयक अन्तर्क्रियामा उनले राजनीतिलाई सुधार्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए।

नेपाली पत्रकारितामा अहिले लगानी तथा दक्ष जनशक्ति भएपनि पत्रकारिताको आत्मा बुझ्ने ब्यवसायिक पत्रकारको अझै अभाव रहेको कोइरालाको भनाइ छ। अबको पत्रकारिता प्रविधिको उच्चतम प्रयोगमा आधारित हुने बताउँदै उनले इन्टरनेट र सामाजिक सञ्जालका कारण केन्द्र र मोफसल भन्ने कुरा नरहेको स्पष्ट पारे।

योग्यता र क्षमता भए पत्रकारले जुनसुकै ठाउँमा रहेर पनि सफलता हासिल गर्न सक्ने भन्दै कोइरालाले प्रविधिको सदुपयोग गरे पत्रकारिता क्षेत्रले चाँडै फड्को मार्ने बताए।

रेडियो थाहा सञ्चारका प्रवन्ध निर्देशक अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, रेडियो थाहा सञ्चारका कार्यवाहक स्टेसन म्यानेजर दर्शन क्षेत्री तथा सप्ताहाब्यापी कार्यक्रम संयोजक गोकुल अधिकारीले धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.