|
सञ्चारमन्त्रीबाट पुरस्कार लिँदै राससका नुवाकोट समाचारदाता नवदीप श्रेष्ठ

काठमाडौं :  राष्ट्रिय समाचार समिति (रासस) को ५६ औँ वार्षिकोत्सवका अवसरमा राससका पत्रकार र कर्मचारी पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासङ्घ, रासस शाखाले प्रदान गरेको रासस पत्रकारिता पुरस्कारबाट राससका कार्यकारी सम्पादक विकासप्रसाद लोहनी र वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने पुरस्कृत भएका छन्। उनीहरुलाई जनही १० हजारसहित सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले पुरस्कार प्रदान गरे।

सम्पादक लोहनी दुई दशकभन्दा बढी समयदेखि पर्यटनसम्बन्धी समाचार सङ्कलन र सम्पादन कार्यमा सक्रिय रहँदै आएका छन्। वरिष्ठ समाचारदाता न्यौपानेले दुई दशकभन्दा बढी समयदेखि संसदीय मामिला, सुरक्षा र राजनीति विषयमा समाचार लेख्दै आएका छन्।

त्यसैगरी विकास क्षेत्रअन्तर्गत स्थानीय संवाददाताहरु पूर्वाञ्चल क्षेत्रबाट यामबहादुर प्रधान, (इटहरी, सुनसरी), मध्यमाञ्चल क्षेत्रबाट नवदीप श्रेष्ठ (नुवाकोट), पश्चिमाञ्चल क्षेत्रबाट कृष्ण दर्नाल (पाल्पा),  मध्यपश्चिमाञ्चल क्षेत्रबाट रामचन्द्र न्यौपाने (डोल्पा), सुदूरपश्चिमाञ्चल क्षेत्रबाट धनबहादुर भण्डारी (डडेल्धुरा) र काठमाडौँ उपत्यका क्षेत्रबाट अच्युत रेग्मी पुरस्कृत भएका छन्।

उत्कृष्ट आलेख समाचारमा ‘बिपी र गणेशमानलाई मृत्युदण्डबाट जोगाउन जनकमानले जागिर गुमाए’ शीर्षकको समाचारका लागि काठमाडौंका पूर्णप्रसाद मिश्र (काठमाडौ)  र मोफसलबाट ‘गर्भैदेखि सुरु हुन्छ महिला हिंसा’ शीर्षकको समाचारका लागि रोल्पाकी कविता उपाध्यायलाई पुरस्कृत गरिएको छ।

उत्कृष्ट फोटो विधातर्फ केन्द्रीय कार्यालयबाट रत्नकृष्ण श्रेष्ठ र मोफसलबाट धनवीर महतो (महोत्तरी) लाई प्रदान गरिएको छ। त्यसैगरी उत्कृष्ट अडियो विधातर्फ केन्द्रीय कार्यालय, काठमाडौँबाट कृष्णराज गौतम र मोफसलबाट नारायण ढुङ्गाना (टाँडी, चितवन) लाई प्रदान गरियो। पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ रहेको छ।

त्यसैगरी समाचार सङ्कलन तथा सम्प्रेषणका अतिरिक्त भौतिक सम्पत्तिको संरक्षण, संवर्द्धन र विस्तार कार्यमा उल्लेखनीय योगदान पुर्‍याएबापत नारायणप्रसाद अधिकारी (भरतपुर, चितवन), नारायणी रजौरे (तुलसीपुर दाङ), शेरबहादुर सिंह (भीमदत्तनगर, कञ्चनपुर) र राजु विश्वकर्मा (लहान, सिरहा) दोसल्लासहित कदरपत्रबाट सम्मान गरिएको छ। 

राससले गृह जिल्ला तेह्रथुमको सदरमुकाम म्याग्लुङमा राससलाई २५ हजार नगद र जग्गा उपलब्ध गराउने पूर्व जिल्ला समाचारदाता भगवानमान श्रेष्ठलाई दोसल्लासहित कदरपत्रद्वारा सम्मान गरेको छ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका वरिष्ठ सहायक न्हुछेराज बज्राचार्य र अञ्चल कार्यालय महेन्द्रनगरका कार्यालय सहयोगी सागुरसिंह रानालाई प्रदान गरिएको ५। पुरस्कारको राशि जनही पाँच हजार रहेको छ। 

रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार मोहिनी मिश्र (अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख, राससःकेन्द्रीय कार्यालय) र नीरज गौतम (राससः पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्जका प्रमुख) लाई प्रदान गरिएको छ। यसको राशी पनि पाँच हजार रुपैयाँ रहेको छ।

त्यसैगरी रासस दाङ कार्यालयकी प्रमुख नारायणी रजौरेको सहयोगमा शाखाद्वारा स्थापित पाँच हजार राशीको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि रजौरे’ पुरस्कार पाल्पाकी समाचारदाता सुशीला रेग्मीलाई प्रदान गरिएको छ।

राससमा २० वर्षे दीर्घसेवा पदकबाट मोहम्मद सदरुल (अधिकृतस्तर आठौँ तह, वरिष्ठ समाचारदाताः रासस मेची अञ्चल कार्यालय, भद्रपुर/झापा) र वीरेन्द्रनारायण कर्ण (अधिकृतस्तर छैठौँ तह, उपसमाचारदाताः रासस नारायणी अञ्चल कार्यालय, वीरगन्ज) सम्मानित भएका छन्।

केशव खत्री (सवारी चालक पाँचौँ तह, केन्द्रीय कार्यालय÷काठमाडौँ), फिरुराम चौधरी (कार्यालय सहयोगी पाँचौँ तह, राससः पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्ज) र केदारप्रसाद तिमिल्सिना (कार्यालय सहयोगी, पाँचौँ सह राससःकेन्द्रीय कार्यालय, काठमाडौँ) ले पनि २० वर्षे दीर्घसेवा पदक पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.