|
फाइल फोटो : ganthan.com

पोखरा : एघारौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा नेपाली सेनाका नवराज साउद प्रथम भएका छन्।

भूपू खेलाडी मञ्च नेपालले आयोजना गरेको प्रतियोगितामा साउदले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घन्टा ३४ मिनेट २४ सेकेन्डमा पार गरे। उनले ६० हजार नगद पुरस्कार पाएका छन्। 

त्यस्तै नेपाली सेनाकै लालबहादुर थापाले दुई घन्टा ३४ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेर दोश्रो, सेनाकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३६ मिनेट चार सेकेन्डमा पूरा गरेर तेश्रो र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले दुई घन्टा ३७ मिनेट ३ सेकेन्डमा पूरा गरेर चौथो भए। उनीहरुले ४० हजार, २५ हजार र चार हजार रुपैयाँ पुरस्कार पाएका छन्।

यस्तै पाँच किलोमिटर पुरुष दौडमा महेन्द्र राजभण्डारी पहिलो, गौरव सुवेदी दोश्रो र प्रज्जवल राई तेश्रो भएका छन्। महिलातर्फ ललिता लामिछाने पहिलो, अस्मिता मगर दोश्रो र श्रृष्टि चौधरी तेश्रो भइन्। पहिलो हुनेले सात हजार, दोश्रोले पाँच हजार र तेश्रोले तीन हजार रुपैयाँ पुरस्कार पाएका छन्।

यसरी नै ह्विल चियर पुरुषतर्फ सुरेश गौली पहिलो, भरत अधिकारी दोश्रो र ध्रुव न्यौपाने तेश्रो भएका छन्। उनीहरुले क्रमश: तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार पाए।

सो प्रतियोगिताको म्याराथनमा एक विदेशीसहित १७०, पाँच किलोमिटर पुरुषमा १२५०, महिलामा ८६०, ह्विल चियर पुरुषमा १६ र महिलामा सातजना तथा रनफर फनमा १५६० धावकले भाग लिएका थिए।

प्रतियोगिताका विजयी धावकलाई लक्ष्मी ग्रुपका कार्यकारी प्रमुख गणेशबहादुर श्रेष्ठ, नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल, चलचित्रकर्मी चेतन कार्की र विभोर सोसाइटी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख सुशील पराजुलीले संयुक्तरुपमा पुरस्कार वितरण गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.