|

काठमाडौं : लकडाउन खुकुलो भएपनि बौद्ध बिहार र स्तूप भित्र कोरा(परिक्रमा) तथा पूजा पाठ गर्न बन्द गरिएको छ। बौद्ध नाथ क्षेत्र विकास समितिले कोरोना संक्रमण फैलिने त्रासले अहिले पनि रोक लगाएको हो।

कसैलाई पनि बौद्ध स्तूपको पहिलो भाग पेटीमा छिर्न नदिन डोरीले घेरिएको छ। सर्वसाधारणलाई बाहिर मात्र हिँड्डुल गर्न दिइएको छ। क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले कोरोना त्रासले अहिले पनि बौद्धमा व्यवसायिक प्रयोजनबाहेक अन्य सेवामा रोक लगाएको जानकारी दिए।

‘सरकारको नियम अनुसार बौद्ध भित्र पसलहरु खोल्न दिइएको छ,’ उनले भने,‘धेरै भिडभाड हुने भएकाले धार्मिक रुपमा कोरा र पूजाआजा बाध्यतावश बन्द गरिएको छ। बिहार क्षेत्र व्यवसायिक प्रयोजनको लागि मात्रै खुल्ला गरिएको छ।’

उनका अनुसार बिहार क्षेत्रका पसलहरु पनि  विहान १० बजेदेखि साँझ ६ बजे सम्म खुल्ला गरिएको छ। समय परिस्थितिलाई हेरेर खोल्ने वा बन्द थप्ने निर्णय गरिने उनले बताए।

उनले भने,‘अहिले कोरोनाको महामारी छ। झनै उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्दै छ। जसले जोखिम बढेको छ। अब समय परिस्थितिलाई हेरेर खोल्ने की बन्द थप्‍ने निर्णय हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.